एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल तथा डिजेल इन्धनसम्बन्धी पूर्वाधारमा आक्रमण नगर्न आग्रह गरेका छन् ।
आइतबार आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसमा डिजेल इन्धनको उत्पादन तथा आपूर्तिसँग सम्बन्धित संरचनालाई निशाना बनाउन रोक्न आफूले आग्रह गरेको बताएका हुन् ।
युक्रेनले रूसका तेल प्रशोधन केन्द्र तथा ऊर्जा पूर्वाधारमा गर्दै आएको ड्रोन आक्रमणका कारण रूसी इन्धन उत्पादन प्रभावित भई अभाव बढेको भन्दै ट्रम्पले यस्तो आग्रह गरेका हुन्।
‘जेलेन्स्कीले एउटा काम गर्नुपर्छ—रूसमा डिजेल इन्धन उत्पादनलाई निशाना बनाउन बन्द गर्नुपर्छ,’ ट्रम्पले भने।
उनले यस विषयमा जेलेन्स्कीसँग प्रत्यक्ष कुराकानीसमेत गरेको जानकारी दिए। रूसका अन्य क्षेत्रमा आक्रमण गर्न सकिए पनि डिजेल पूर्वाधारलाई निशाना नबनाउन आफूले आग्रह गरेको उनको भनाइ थियो।

.gif)



