काठमाडौं - नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्लुङ निसिखोला घर भएका २९ वर्पिषा पुरुषको असार २१ गते निधन भएको हो। ती पुरुषको ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।