काठमाडौं - रियल मड्रिडले स्टार खेलाडी ग्यारेथ बेललाई बेच्ने तयारी गरेको बताइएको छ । प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाईको खेलाडी बन्न उनी असफल रहे ।

प्रशिक्षक र उनको सम्बन्ध बारम्बार विवादमा रहेको थियो । बेल पनि क्लब छोड्न तयार रहेका छन् । बेन्चमा बस्दाबस्दा दिक्क भएका उनी अन्य क्लब जान चाहिरहेका छन् ।

तर, क्लबले उनलाई राम्रो मुल्य नपाई नछोड्ने भएपछि उनी झन् तनावमा रहेका थिए । तर, पछिल्लो अवस्थालाई केलाउँदै रियलले उनलाई बेच्ने तयारी गरेको हो ।

जिदान नयाँ टिमको निर्माणमा रहेको र उनी त्यो योजनामा नरहेका कारण क्लबले बेच्ने निर्णय गरेको बताइएको छ । उनी टोटनहम फर्कने सम्भावना बलियो रहेको छ । प्रिमियर लिग फर्कन नसके उनी चिनियाँ लिग खेल्न सक्ने बताइएको छ ।