काठमाडौं - यतिवेला फिल्म ‘दबंग ३’को छायांकन तीव्र गतिमा भइरहेको छ । फिल्म छायांकनका लागि फिल्म युनिट उदयपुर, राजस्थानमा व्यस्त छ । दबंग ब्याक अर्थात् सलमान खान लगातार फिल्म सेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । 

पछिल्लोपटक सलमानले केही फरक तस्बिर सार्वजनिक गरेका छन् । जसमा सलमान सोनाक्षी सिन्हासँग केही विशेष प्रशंसकहरूसँग डान्स गरिरहेका देखिन्छन् । ती विशेष फ्यानहरू, विशेष बालबालिका हुन्छन् ।


उमंग फाउन्डेसनका बालबालिकासँग डान्स गरिरहेको तस्बिर अभिनेत्री बिना काकाले आफ्नो इन्टाग्राममार्फ सार्वजनिक गरेकी छिन् । भिडियोमा सलमान ती बालबालिकासँग मग्न भएर नाचिरहेको देखिन्छ । जहाँ सोनाक्षी, प्रभुदेवा र दबंग ३ को टिम देखिन्छ । 

फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्का कतिपय गीत पनि सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक फिल्को चौथो गीतका रूपमा ‘मुन्ना बदनाम हुआ, हुड हुड दबंग’ पनि सार्वजनिक भएको छ । जुन निकै चर्चामा छ । फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् ।