काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अथार्त् कोभिड १९ को संक्रमण १९९ देशमा फैलिसकेको छ । चीनको वुहानबाट फैलिएको भाइरसले २७ हजार बढीको मृत्यु भइसकेको छ भने करिब ६ लाख मानिसममा संक्रमण रहेको छ ।

यो समाचार तयार पार्दा सम्म करिब १ लाख ३० हजार बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएको वल्डोमिटरले जनाएको छ । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो, इटाली मृतकको आधारमा । संक्रमितको आधारमा भने अमेरिका पहिलो स्थानमा छ ।

अमेरिकामा १ लाख बढी संक्रमित भइसकेका छन् । यस्तै इटालीमा पछि मृत्यु हुनेको संख्या ९१३४ पुगेको छ । जुन चीनमा कोरोनाको कारण मृत्यु हुनेको तेब्बर संख्या हो । चीनमा ३२९५ को मृत्यु भएको छ ।

यस्तै अर्को युरोपेली देश स्पेनमा पनि कोरोना तिव्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ७७३ जनाको मृत्यु भएको जनाइएको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म इटालीमा ५ हजार बढीको मृत्यु भएको छ भने ५०हजार बढी संक्रमित भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ४००, इरानमा १४४, बेलायतमा १८१,फ्रान्समा २९९ को मृत्यु भइसकेको छ । 

हेर्नुहोस्, पछिल्ले २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -४००

चीन -५

इटली -९१९

स्पेन -७७३

जर्मनी -८४

इरान -१४४

स्विजरल्याण्ड -३९

फ्रान्स -२९९

युके -१८१

दक्षिण कोरिया -८

नेदरल्याण्ड -११२

अस्ट्रिया -९

बेल्जियम -६९

क्यानडा -१७

टर्र्की -१६

र्पोचुगल -१६

नर्वे -५

ब्राजिल -१५

स्विडेन -२८

इजरायल -४

मलेसिया -३

डेनमार्क -११

आयरल्याण्ड -३

लक्जमबर्ग -६

इक्वेडर -७

जापान -२

चिलि -१


पाकिस्तान -२

रोमानिया -३

फिनल्याण्ड -२

इन्डोनेसिया -९

ग्रिस -१

फिलिपिन्स -९

पानामा -५

अर्जेन्टिना -१

स्लोभानिया -३

इजिप्ट -६

मेक्सिको -२

मोरक्को -१२

लिथुनिया -१

बास्निया -१

जोर्डन -१

ट्युनिसिया -२

माल्दोभ -१

अल्बानिया -२

बुर्किनाफासो -२

साइप्रस -२

भेनेजुयला -१

क्यामरुन -१

उव्जेकिस्तान -१

टोगो -१

निकारगुवा -१