‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीलाई भेटेर देउवाले जनाए ऐक्यवद्धता
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यवद्धता जनाएका छन् ।
शनिबार बसन्तपुरमा अनशनरत 'इनफ इज इनफ'का अभियानका सत्याग्रहीहरुलाई भेटेर सभापति देउवाले युवाहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सरकारले उहाँहरुका माग पूरा गर्नुपर्छ । कोरोनाबाट मान्छे मर्न दिन हुन्न । यो अभियानलाई हाम्रो ऐक्यवद्धता छ ।’ उनले भने ।
यस्तै, देउवासँगै पुगेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको र रसरकारले वार्ता गरेर तत्काल सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।
अभियन्ता ईः लगायत युवाले कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी डेढ सातादेखि सत्याग्रह जारी राखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस