काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको बताएका छन् । 

सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक संकटको अध्यारो संकटमा जानबाट जोगाएको प्रतिक्रिया दिएका हुन् । ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ’ उनले भने । 

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पार्दै उनले अब सहमतिबाटै अगाडि बढ्ने बताए । बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न हाल अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा छन् ।