काठमाडौं - प्रतिनिधिसभाको अर्थ समितिकी सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेचको माध्यमका रूपमा सीमित नराखी मुलुकको समग्र आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्वसँग अर्थ समितिमा भएको छलफलका क्रममा उनले लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्दै पुँजी बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिइन् ।