काठमाडौं - कोरोना भाइरसको कारण इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् ।

इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३ सय ८६ संक्रमित छन् जसमध्ये ३ हजार ४ सय ८९ को अवस्था गम्भीर छ ।

साथै स्पेनमा ७ हजार ४ सय ५७ नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ जसमध्ये ३ हजार १ सय ६६ को अवस्था नाजुक छ ।