काठमाडौं - नेपालमा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाछ मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। 

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।

आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।