काठमाडौं - ओखलढुंगामा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि १२ वर्षीय बालकलाई प्रहरी निगरानीमा राखिएको छ । उनीमाथि अनुसन्धान गर्न निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

उनले चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीलाई जिम्मा लगाएका थिए । उनीले पटकपटक बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीमा परेको उजुरीअनुसार उनले ३१ असारमा बलात्कार गरेका थिए ।

अनुसन्धानका लागि जिल्ला अदालतमार्फत म्याद थप गरिसकेको प्रहरी जिल्ला कार्यालयले जनाएको छ । उनालाई थुनुवा कक्षमा नभई प्रहरीहरुले आफूसँगै ब्यारेकमा राख्ने गरेको प्रहरीले जनाएको छ । उनलाई सरकारी वकिल कहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाउने तयारी रहेको छ । अहिले उनको जन्मदर्ता मगाउने काम भइरहेको छ ।