सुनसरी - सुनसरी सदरमुकाम इनरुवामा एकजना जग्गा व्यापारीको हत्या गरिएको छ ।

बुधबार जिल्ला अदालत सुनसरीनजिकैको हटियामा स्थानीय कारी यादवको शव हत्या गरेर फालेको अवस्थामा फेलापरेको हो । घरेलु धारिलो हतियार प्रहारबाट उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।उनी इनरुवा क्षेत्रमा जग्गा किनबेचको कारोबारमा सक्रिय थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले यादवको हत्यामा संलग्नहरुको खोजीकार्य भइरहेको बताए 

मंगलबार राति घरमा सुतिरहेका यादवलाई हतियारधारी समूहले फोन गरी बाहिर बोलाएर हत्या गरेको भन्दै तत्काल हत्यारालाई पक्राउ गर्न परिवारले माग गरेको छ । यादवको शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।