काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमै नेकपा दुई चिरामा विभाजन हुनुका साथै उक्त कदमलाई प्रतिपक्षले समेत असंवैधानिक भनेको छ । हाल दिनहुँ विरोध प्रदर्शन भैरहेको छ ।