काठमाडौं - नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले लोभ र डरबाट प्रभावित नहुने बताएका छन् ।

आज बिहीबार सिंहदरबारस्थित कृषिमन्त्रालयमा‍ पदभार ग्रहण गर्दै मन्त्री भुसालले आफू पदमा रहुञ्जेल लोभ र डरबाट प्रभावित नहुने बताएका हुन् ।

‘मेरा तर्फबाट के प्रयत्न हुन्छ, म त्यो सम्पूर्ण गर्छु म दुईटा कुराले प्रभावित हुन्न भन्ने लाग्छ, मेरो दाबी त्यति मात्रै हो’, मन्त्री भुषालले भने, ‘म लोभले प्रभावित हुन्नँ होला भन्ने लाग्छ, म डरले प्रभावित हुन्नँ होला भन्ने लाग्छ, यसबाहेक अरु कुरा मैले सिक्ने कुरा हो ।’

बिहीबार दिउँसो सिंहदरबारमा मन्त्री भुसालले पदभार ग्रहण गर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल समेत उपस्थित थिए।  कार्यकक्षमा खनालले अँगालो हालेर भुसाललाई स्वागत गरेका थिए ।