काठमाडौं - वागमती प्रदेश सरकारले आगामी माघ १० गते अर्थात् सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रुपमा मनाउन पर्व हो । प्रत्ये वर्ष माघ शुक्ल पक्षको प्रतिपदाको तिथिका दिन यो वर्ष मनाइन्छ ।