पुछारको टिममाथि बायर्नको सहज जित
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा शिर्ष स्थानको बायर्न म्युनिखले सहज जित हातद पारेको छ । गएराति भएको खेलमा
बायर्नले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३३औं मिनेटमा थोमस मुलरले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा रोवर्ट लेवान्डास्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेलको ८८ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि ९०औं मिनेटमा डेभिड अलवाले गोल गर्दै बायर्नलाई ४-० को फराकिलो जित दिलाए । जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । बायर्नको १८ खेलबाट ४२ अंक पुगेको छ । पराजित साल्के ७ अंक जोडेर पुछारमा छ ।
फेसबुक पेज Like गर्नुहोस