१० प्रहरीसहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२९ १२:१६ मा प्रकाशित
Total Shares: 262
मकवानपुर - हेटौंडाका १८ जना सहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा हेटौंडा ९ का ७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का ४ जना, हेटौंडा २ का १ जना, हेटौंडा १० का १ जना, हेटौंडा १३ का १ गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाइँले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारले योसंगै मकवानपुरमा १ सय ३७ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस