एजेन्सी - भारतका प्रसिद्ध शायर राहत इंदौरीको निधन भएको छ। आइतबार उनी मध्यप्रदेशको इन्दौरस्थित श्री अरविन्दो अस्पतालमा भर्ना भएका थिए।

सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।मंगलबार उनलाई दुई पटक हृदयघात भएको र उनलाई बचाउन नसकिएको सो अस्पतालका चिकित्सकले बताएका छन्। इंदौरीले दुइ  दिन अगाडि मात्र अाफूलाइ काेराेना भएकाे पुष्टि गरेका थिए ।

उर्दु भाषाका चर्चित कवि इंदौरी सामाजिक राजनीतिक विकृतिमाथि चोटिलो प्रहार गर्थे। उनले रचना गरेका  विभिन्न शायरहरू सामाजिक सञ्चालमा भाइरल समेत भएका  थिए ।