काठमाडौं - आजदेखि काठमाडौं उपत्यकामा प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

काठमाडौंका जिल्ला प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । अब अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रन पास दिने छैनन् ।

बुधबार गृह मन्त्रालयले कोभिड –१९ को जोखिम उच्च भएकाले मुलुकभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको हो ।