बंगलादेशी राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता
काठमाडौं - नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।
यसअअघि हमिदले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए ।नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा ४ दिने नेपाल आएका हमिदले दिउँसो २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।
त्यसैगरी हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ः४० बजे र अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्नेछन् ।
त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।
फेसबुक पेज Like गर्नुहोस