जेनजी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यालय ध्वस्त
काठमाडौं - जेनजी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यालय, राजनीतिक दलका नेताहरूको घर र व्यापारिक कम्प्लेसहरू परेका छन्।
भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरूले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन्। प्रदर्शनकारीले लगाएको आगोले सानेपामा रहेको नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ।
कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने कार्यालय खण्डहर बनेको छ। जलेको पार्टी कार्यालयका कांग्रेस कार्यकर्ताले पार्टीको झण्डा र विपी कोइरालाको तस्बिर अंकित झण्डा राखेका छन्।
फेसबुक पेज Like गर्नुहोस