नेता पौडेल दिल्ली प्रस्थान, राजनीतिक भेटघाट हुनसक्ने
खबर एक्सप्रेस
२०७६-०९-२८ ११:०० मा प्रकाशित
Total Shares: 464
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएका उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।
नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए ।
कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बन्नुभएका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो । सो भेटपछि आज नेता पौडेल नयाँदिल्ली एका हुन् ।
फेसबुक पेज Like गर्नुहोस