काठमाडौं - बिहीबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ हजारले घट्दै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले घट्दै ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।