२ केजी सुन र २४ लाख नगदसहित २ चिनियाँ नागरिक पक्राउ
खबर एक्सप्रेस
१६ घण्टा अगाडि
Total Shares: 15
काठमाडौं-ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस