विप्लव नेकपाका दुई विद्यार्थी नेता पक्राउ
खबर एक्सप्रेस
२०७६-०५-२३ ११:०० मा प्रकाशित
Total Shares: 657
बैतडी - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाका २ विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपाली रहेका छन्। उनिहरु दुवैलाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ६ धौलिढुंगावाट नियन्त्रणमा लिएको हो।
पक्राउ गरेका दुवैजनामाथि बैतडी जिल्ला अदालतवाट अभद्र व्यवहारको मुद्दा चलाई अनुसन्धानको लागि १० दिनको म्याद थप गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस