उपसभामुख शिवमायालाई राजीनामा गराउने नेकपाको निर्णय
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ ।
शनिवार साँझ बसेको सचिवालय बैठकले नेकपाले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिने प्रयोजनका लागि उपसभामुख शिवमायाको राजीनामा माग्ने निर्णय गरेको हो ।
बैठकका निर्णयबारे जानकारी गराउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाले सभामुख पदमा उम्मेदवारी दिन नेकपाबाट उपसभामुख निर्वाचित शिवमायाले राजीनामा दिनुपर्ने बताएका छन् ।
‘नेकपा सचिवालय बैठक प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचनको सन्दर्भमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका लागि पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वाचित माननीय शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिने निर्णय गरिएको छ ।’
फेसबुक पेज Like गर्नुहोस