नेकपामा पेचिलो बन्दै सभामुख : ओलीले अडान नछाडेपछि मोर्चाबन्दीमा प्रचण्ड
खबर एक्सप्रेस
२०७६-०९-२५ ११:०० मा प्रकाशित
Total Shares: 442
काठमाडौं - काठमाडौं नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा केपी शर्मा ओलीले पूर्ववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरूको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् ।
समय घर्किंदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरूले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ ।
त्यसको पछिल्लो संस्करण हो – नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधवार साँझ भएको छलफल ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस