शिक्षामन्त्री पौडेल र डा. गोविन्द केसीबीच सिंहदरबारमा छलफल
खबर एक्सप्रेस
२०७८-१०-०७ ०३:२० मा प्रकाशित
Total Shares: 483
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।
मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस