मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै रास्वपा र राप्रपाका सांसदहरू बाहिरिए
काठमाडौं-प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् ।
आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।
राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।
आफूहरु कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको बताउँदै आएका छन् ।
आफूहरुको माग सुनुवाइ नभएको मन्त्रीको जवाफ नसुन्ने उद्घोष गरेपछि सांसदहरू बाहिरिए ।
फेसबुक पेज Like गर्नुहोस