मुलुकभर हर्षोल्लासका साथ माघे संक्रान्ति मनाइँदै
काठमाडौं - मुलुकभर आज धुमधामका साथ परम्परागत रुपमा माघे संक्रान्ति मनाइँदैछ । आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
माघे संक्रान्तिमा सबेरै उठेर नुहाई धुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ । आजकै दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रिष्म ऋतु बढ्दै जाने मान्यता पनि रहिआएको छ ।
मुलुकभर विभिन्न जाति र समुदायले आ–आफ्नै मूल्य–मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । माघे संक्रान्ति थारु र मगर समुदायको मुख्य चाँड हो । थारु र मगर समुदायले माघे संक्रान्तिलाई माघी पर्वको नामले मनाउने गरेका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा थारु समुदायले धुमधामका साथ माघी मनाइरहेको छन् ।
फेसबुक पेज Like गर्नुहोस