बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद साह रिहा
जनकपुरधाम - जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह रिहा भएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा शुक्रबार रिहा गरेको हो।
गत सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान ढिलो (डिले) भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साह मंगलबार काठमाडौंस्थित त्रिभुव नअन्तर्राष्ट्रि विमानस्थलबाट पक्राउ परेका थिए।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित साहलाई जिल्ला अदालत धनुषाका न्यायाधीश तेजप्रसाद पौडेलको एकल इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भए लगत्तै साधारण तारेखमा छोड्ने आदेश दिएको स्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस