भक्तपुर - बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ गर्ने पुर्जी जारी भएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो । गिरीले प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।

अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ । यता, गिरी विरुद्ध प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागमा उजुरी हालेका छन् ।