काठमाडौं - दुई दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ टोलीसहीत चीन प्रस्थान गरेका छन् । उनी आज (आइतबार) २: २५ बजे चीन प्रस्थान गरेका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेकी छिन् । सीलाई भण्डारीले भव्य रुपमा विदाइ गरेकी छिन् ।

चिनियाँ राष्ट्रपति सी हिजो शनिबार ४ : ४७ बजे नेपाल आएका थिए । उनलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् भने विदाइ पनि उनैले गरेकी हुन् ।

चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो । उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो ।

सीले नेपालमा रहँदा विभिन्न १७ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । काठमाडौं केरुङ रेलमार्ग, कोरला मार्ग, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायत विभिन्न विषयका सम्झौतामा हस्ताक्षर भएका छन् ।