काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा हुने भएका छन् ।

ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका गुरुङलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको हो ।

थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छोड्न आदेश दिइएको हो । दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।