काठमाडौं - काठमाडौंका दुई एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी गरेको छ ।  देशका दुरदराजमा अज्ञातसमूहको आगजनी भन्ने खबर आइरहँदा पछिल्लो पटक काठमाडौंका दुई एनसेल टावरमा आगजनी भएको हो ।

सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । त्यस्तै काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको  प्रहरीले जनाएको छ ।

स्थानीयले  राती टावरमा ठूलो आगो देखिएको बताएका थिए । आगजनीका कारण सेवा अबरुद्ध भएको सेवाग्राहीको गुनासो रहेको छ ।

नेत्र विक्रम चन्द नेकपा समूहले एनसेलले राजस्व छलि गरेको भन्दै एनसेलको टावरमा आगजनी गर्दै आएको भए पनि हिजो राती भएको आगजनीको अहिले सम्म कसैले जिम्मा लिएको छैन ।