काठमाडौं - साताको पहिलो दिन आइतबार  केही दिनदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ। सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा ७० हजार ४ सयमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी  प्रतितोला ८ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको  छ ।