प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
खबर एक्सप्रेस
२०७६-०५-२५ ११:०० मा प्रकाशित
Total Shares: 666
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान स्वास्थ्य परीक्षणका लागी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।
उनि सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली सामान्य फलोअपका लागि अस्पताल पुगेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस