पृथ्वी जयन्तीमा बिदा दिँदै स्थानीय तह
गोरखा - पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।
चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् ।
आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्पmबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।
त्यस्तै झापाको हल्दीबारी र कभचनकवलले पनि पृथ्वी जयन्तीका दिन विदा दिने निर्णय गरेका छन् । पुस २७ मा विदा दिने बारे विभिन्न संस्था तथा पार्टीले माग गर्दै आएका छन् । कामल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले पनि विदाको माग गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस