कांग्रेस सभामुखको जिम्मेवारी लिन तयार : देउवा
खबर एक्सप्रेस
२०७६-१०-०१ ११:०० मा प्रकाशित
Total Shares: 1159
विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सभामुखको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्तारुढ दल नेकपालाई सभामुख चयनमा समस्या भए कांग्रेसले सभामुखको जिम्मेवारी लिन तयार रहेको बताए ।
सभापति देउवाले सत्तापक्षका नेताहरुबीच विवाद रहेपनि ‘एमसीसी’ सम्झौता संसदले चाँडो अनुमोदन गर्नुपर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस