जनकपुरधाम - प्रदेश नं का सबै मन्त्रीले  अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि एक महिनाको तलब दिने भएका छन् ।

मंगलबार बसेको मन्त्री परिषदको  बैठकले एक महिना बराबरको तलब राहत स्वरुप दिने निर्णय गरेको हो । बैठकले राहत , उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय समेत गरेको छ ।

साथै मन्त्री परिषदले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह गरेको छ ।

प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्नेछ ।

यसअघि प्रदेश सरकारले बाढी र डुबानमा परी मृत्यु हुनेका परिवारलाई  जनही ३ लाख राहत उपलब्ध गराउने निर्णय  गरेको थियो।