ज्ञानेन्द्र मल्लले पाए राष्ट्रिय क्रिकेट टिमको कप्तानी
खबर एक्सप्रेस
२०७६-०७-१३ ११:०० मा प्रकाशित
Total Shares: 430
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो।अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।
मल्ल यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान थिए। यसअघिका कप्तान पारस खड्काले गत असोज २८ गते नेपाली क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी त्यागेको घोषणा गरेका थिए। उनले करिब एक दशक राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सम्हालेका थिए।
फेसबुक पेज Like गर्नुहोस