काठमाडौं - कोरोना संक्रमित विद्यार्थीले पनि परिक्षा दिन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षामा कोरोना भएका विद्यार्थीलाई पनि सहभागी गराउने गरि परिक्षा लिन लागेको हो ।

यसबारेमा आयोगले एक विज्ञप्ती जारी गर्दै यहि असोज २७, २८ र २९ गते लिइने प्रवेश परीक्षा स्थगित नहुने जनाएको हो । आयोगले कोरोना संक्रमितलाई छुट्टै कोठामा राखेर परीक्षा लिन लागेको हो ।