बैतडीमा मोदीको पुत्ला दहन
खबर एक्सप्रेस
२०७६-०७-२१ ११:०० मा प्रकाशित
Total Shares: 1905
काठमाडौं - बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।
भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।
कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुत्ला दहन गरेको त्यहाँवाट राजेश धामीले जानकारी दिए ।
‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै उनीहरुले पुत्ला दहन गरेका थिए । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक,कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस