सुनचाँदीको मूल्य स्थिर
खबर एक्सप्रेस
२०७६-१०-०२ ११:०० मा प्रकाशित
Total Shares: 425
काठमाडौं - आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस