उपसभामुखले गरिन सभामुख बन्न प्रस्ताव
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छन् । उनले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष आफूलाई उपसभामुख बनाउन प्रस्ताव गरेकी हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङफेले यस्तो प्रस्ताव गरेकी हुन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।
ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् ।
छलफलमा तुम्बाहाङफेले अध्यक्षद्वय ओली र दाहाललाई निकास दिन आग्रह गरेकी छन् । अब संसद्लाई अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै छिटो निकास दिन आग्रह गरेकी उनले सभामुख पदमा आफ्नो पनि दाबी रहेको बताइन् ।
फेसबुक पेज Like गर्नुहोस