सुनको मूल्य ६ वर्षयताकै उच्च बिन्दुमा
खबर एक्सप्रेस
२०७६-०४-०३ ११:०० मा प्रकाशित
Total Shares: 876
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । ब्याजदर कटौतीको अपेक्षामा रहेका लगानीकर्ता र अमेरिका(इरान तनावले डलरको भाउ घटेपछि सुनको मूल्य आकासिएको हो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४५२.६० डलर पुगेको छ । यो मूल्य पछिल्लो छ वर्षको उच्च हो । लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि सुनको मूल्य २०१३ मे यता सबैभन्दा उच्च बिन्दु पुगेको हो ।
निरन्तर बढिरहेको ब्याजदरले लगानीकर्ताको सुरक्षित बोन्डको प्रतिफल पनि नकारात्मक हुन थालेपछि सुनको मूल्य बढेको दी गार्जियनमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस