नेपालको सान प्रहरीको पहिचान , एसएसपी जोशी लाई अमेरिकामा सम्मान
नेपाल प्रहरीमा छुट्टै पहिचान बनाउना सफल बरिस्ठ प्रहरी उपरीक्षक एसएसपी उमेश राज जोशी अमेरिकामा सम्मानित भयका छन् ।
क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर (एनसिसी)ले एक विशेष समारोह आयोजना गरि उनलाई सम्मान गरेको हो । अमेरिका भ्रमणमा गएका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक यज्ञलाल श्रेष्ठले बताए ।
एसएसपी जोशी नेपाल प्रहरीका इमान्दार र क्षमतावान प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउदै सम्मानले आफूलाई आफ्नो कर्तव्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको उनको भनाई छ ।जोशी नेपाल प्रहरीको आशा लाग्दो इमान्दार र क्षमतावान प्रहरी अधिकारीका हुन् ।
फेसबुक पेज Like गर्नुहोस