नेपाल र चीनबीच ३ वटा समझदारीपत्रमा हस्ताक्षर
खबर एक्सप्रेस
२०७६-०५-२३ ११:०० मा प्रकाशित
Total Shares: 620
काठमाडौं - नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । राजधानीको याक एण्ड यति होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
उक्त क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल समेत भएको बताइएको छ ।
सम्झौता अनुसार मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी विषयहरु समझदारीपत्रमा समेटिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस