काठमाडौं - सत्तारूढ नेकपामा सभामुख उम्मेदवार छनौट गर्ने विषय पेचिलो बन्दै गएको छ ।

पटकपटक बसेको नेकपा सचिवालय बैठकले सभामुखको उम्मेदवार छनोट गर्न असफल हुँदै आएको छ । 

नेकपाबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटि सदस्यद्वय अग्नि सापकोटा र पम्फा भुसालले सभामुख हुन लबिङ गरिरहेका छन् । 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहाललाई शुक्रवार बालुवाटारमा भेटेर उपसभामुख तुम्बाहाङ्फेले सभामुख आफूलाई नै बनाउनुपर्ने प्रस्ताव गरेकी छन् । 

राजधानी दैनिकबाट