आज कति छ सुनचाँदीको भाउ ?
खबर एक्सप्रेस
२०७६-०७-०६ ११:०० मा प्रकाशित
Total Shares: 763
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको भाउ रु २०० ले बढेको छ ।
मंगलबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ७० हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । चाँदी भने तोलामा रु ८५० मा कारोबार भएको छ । यो साता चाँदीको मूल्यमा कुनै घटबढ भएको छैन ।
फेसबुक पेज Like गर्नुहोस